दफा ३७९
खोला, नदी वा पोखरीको पानी प्रयोग गर्न सक्ने

कसैको जग्गामा उत्पत्ति भएको वा सोबाट बगेको खोला, नदी वा पोखरीको पानी सम्बन्धित धनीलाई पुगेपछि खानेपानी वा सिंचाईको प्रयोजनकोलागि जोसुकैले पनि प्रयोग गर्न सक्नेछ । तर त्यसरी प्रयोग गर्दा सँधियारले प्राथमिकता पाउनेछ ।